मणिपाल आन्दोलन: बतास सम्मिलित त्रिपक्षीय वार्ता पनि निष्कर्षविहीन

पाेखरा | असार १४, २०७९

मणिपाल आन्दोलन: बतास सम्मिलित त्रिपक्षीय वार्ता पनि निष्कर्षविहीन

पोखरा:   मणिपाल अस्पतालमा जारी आन्दोलनको विषयमा बसको त्रिपक्षीय वार्ता आज पनि  (मंगलबार) निष्कर्ष विहिन टुङ्गिएको छ । 

 

अस्पतालका कर्मचारीले प्रशासनसँग विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज २६ दिन बितिसक्दा पनि अस्पताल व्यवस्थापन समिति, कर्मचारी र बतास समूहका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्ता निष्कर्ष विहिन टुङ्गिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मनिपाल इकाईका अध्यक्ष अमृत पौडेलले सुनगाभा न्यूजलाई जानकारी दिए । 

 

उनका अनुसार बतास समूहका प्रतिनिधि नारायण पौडेल, रमेश पराजुली, अस्पताल व्यवस्थापन समिति र कर्मचारीबीच वार्ता भएको थियो । तर वार्ता त्रिपक्षीय वार्ता निष्कर्ष विहिन भएपछि पुन: भोली (बुधबार) वार्ता बस्ने गरि स्थगित भएको हो ।

 

आन्दोलन किन ?

सन् २०१० मा कर्मचारी संगठनहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको, अस्पतालले कर्मचारीहरुलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सञ्चित बिदा र अत्रिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेको उनीहरुले जनाएका छन् ।

 

यसको विपरीत अस्पताल प्रशासनले नेपाल सरकारको श्रम ऐन अनसार सबै सेवा दिएको भन्दै अडिग रहेको छ । 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्